२०८३ श्रावण ९, शनिबार | Sat, 25, Jul, 2026

धुलिखेलमा करेन्टको झट्का : फोटो खिचिरहेका युवकको मृत्यु


४४७३ पाठक संख्या
  • २०८३ श्रावण ९, शनिबार मा प्रकाशित १ घण्टा अघि
  • ९ साउन, काभ्रेपलाञ्चोक । काभ्रेको धुलिखेलस्थित एक होटलमा फोटो खिच्ने क्रममा स्पिकरको लाइन सर्ट भएर करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ।

    धुलिखेल नगरपालिका–३ स्थित हिमालयन दृश्य होटलमा फोटो खिचिरहेका बेला स्पिकरको विद्युतीय लाइन सर्ट भई करेन्ट लाग्दा काठमाडौं महानगरपालिका–२१ सतुङ्गल निवासी ३० वर्षीय डेनिष प्रधान गम्भीर घाइते भएका थिए।

    प्रहरीका अनुसार, प्रधान अन्नपूर्ण केबल लाइन, सतुङ्गलमा कार्यरत थिए। करेन्ट लागेपछि उनलाई तत्काल धुलिखेल अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार