२०८३ श्रावण ८, शुक्रबार | Fri, 24, Jul, 2026

पाकेटमारीपछि भाग्दै गरेका चार पक्राउ, झुम्काबाट फरार कैदी पनि समातिए


१२७५ पाठक संख्या
  • २०८३ श्रावण ८, शुक्रबार मा प्रकाशित १ घण्टा अघि
  • काभ्रे । सार्वजनिक बसमा यात्रुको पाकेटमारी गरी नगद चोरी गर्ने गिरोहका चार जनालाई काभ्रे प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये जेनजी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका एक कैदीसमेत रहेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन विष्टका अनुसार पक्राउ पर्नेहरूमा बेथानचोक गाउँपालिका–६ का ३० वर्षीय आकाश भन्ने विनोद आलेमगर, ३१ वर्षीय रिक्सन तामाङ भन्ने श्याम तामाङ, ३० वर्षीय सोनाम लामा तथा मकवानपुर फापरबारीका ३५ वर्षीय बालकृष्ण मगर रहेका छन्।

    प्रहरीका अनुसार उनीहरूलाई बिहीबार बनेपा नगरपालिका–८ स्थित तीनदोबाटोबाट काठमाडौंतर्फ जाने बस चढेर भाग्ने तयारी गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।

    अनुसन्धानका क्रममा उनीहरूले बुधबार पनौतीबाट काठमाडौंतर्फ आउँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेका तीर्थबहादुर तामाङको पाकेट (जुहारीकोट) काटी नगद चोरी गरेर फरार भएको खुलेको प्रहरीले जनाएको छ।

    पक्राउ परेका सोनाम लामा यसअघि चोरी मुद्दामा सजाय भोग्दै सुनसरीको झुम्का कारागारमा रहेका कैदी हुन्। जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएको तथ्य पनि अनुसन्धानबाट खुलेको डीएसपी विष्टले जानकारी दिए।

    यस्तै, आकाश भन्ने विनोद आलेमगर अभद्र व्यवहार, लागुऔषध तथा चोरीसम्बन्धी विभिन्न घटनामा पटक–पटक पक्राउ परिसकेको व्यक्ति रहेको प्रहरीले जनाएको छ। अर्का आरोपी रिक्सन तामाङ भन्ने श्याम तामाङमाथि पनि काठमाडौंमा विभिन्न सात वटा आपराधिक मुद्दामा संलग्न रहेको अभिलेख रहेको प्रहरीले जनाएको छ।प्रहरीले चारै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार