२०८३ अषाढ १५, सोमबार | Mon, 29, Jun, 2026

राजेन्द्र खरेलप्रति संसदको श्रद्धाञ्जली, मेयर महेश खरेल द्वारा  संसदप्रति आभार व्यक्त


२६५३ पाठक संख्या
  • २०८३ अषाढ १५, सोमबार मा प्रकाशित १३ घण्टा अघि
  • काठमाडौं/ नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा तथा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल तथा कृष्णचन्द्र खरेल र शैलेस खरेलको पिता राजेन्द्र खरेलको निधनप्रति प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ। प्रतिनिधिसभाको बैठकमा स्वर्गीय खरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरिएको हो।

    शोक प्रस्ताव पारित भएपछि पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले सामाजिक सञ्जालमार्फत सम्माननीय सभामुख तथा प्रतिनिधिसभाका सम्पूर्ण सांसदहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

    मेयर खरेलले आफ्नो सन्देशमा लेखेका छन्, “नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा मेरा पिताश्री राजेन्द्र खरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्नुहुने सम्माननीय सभामुख र माननीयहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।”

    स्वर्गीय राजेन्द्र खरेल नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय योगदान पुर्‍याएका व्यक्तित्वका रूपमा परिचित थिए। उनको निधनपछि विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक अगुवा तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरिरहेका छन्।

    प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित हुनु स्वर्गीय खरेलले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानप्रतिको उच्च सम्मानका रूपमा हेरिएको छ। संसदमा उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिनुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो।

    मेयर महेश खरेलले संसदबाट व्यक्त गरिएको सम्मान र समवेदनाले आफ्नो परिवारलाई दुःखको घडीमा ठूलो आत्मबल प्रदान गरेको उल्लेख गर्दै सबैप्रति पुनः कृतज्ञता व्यक्त गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार