बनेपा । श्री मोडल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनेपा–काभ्रेले विपद् प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री विपद् राहत कोषमा ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
सहकारीले शुक्रबार (२०८३ असोज २ गते) कनेक्टआईपीएसमार्फत उक्त रकम राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा रहेको प्रधानमन्त्री विपद् राहत कोषको खातामा जम्मा गरेको हो। बैंकको कारोबार विवरणअनुसार रकम सफलतापूर्वक हस्तान्तरण (Transaction Success) भएको छ।
विपद्का बेला पीडित नागरिकलाई राज्य तथा सामाजिक क्षेत्रबाट सहयोग आवश्यक भइरहेका बेला मोडल साकोसले गरेको यो योगदानले सहकारीको सामाजिक उत्तरदायित्व र मानवीय दायित्वप्रतिको प्रतिबद्धता झल्काएको छ।
सहकारीले आफ्नो नियमित वित्तीय गतिविधिसँगै सामाजिक क्षेत्रमा समेत योगदान गर्दै आएको सन्दर्भमा विपद् राहत कोषमा गरिएको सहयोगलाई संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण कदमका रूपमा लिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस