२०८३ आश्विन ३, शनिबार | Sat, 19, Sep, 2026

हाजिरीजवाफमा पाँचखाल भ्यालीको बाजी १५ विद्यालयलाई पछि पार्दै प्रथम; नवप्रतिभा दोस्रो, महांकाल तेस्रो


७०९९ पाठक संख्या
  • २०८३ आश्विन ३, शनिबार मा प्रकाशित ८ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा पाँचखाल नगरपालिकाले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा पाँचखाल भ्याली इ. स्कुल प्रथम भएको छ।

    प्रतियोगितामा नवप्रतिभा माध्यमिक विद्यालयले द्वितीय, श्रीराम माध्यमिक तृतीय र महांकाल माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेका छन्।

    पाँचखाल नगरपालिकाभित्रका १५ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगिता पाँचखालस्थित सर्वमंगला माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो। विद्यार्थीमा ज्ञान, सिर्जनशीलता, प्रतिस्पर्धात्मक भावना तथा समसामयिक विषयप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ।

    प्रतियोगिताको समापन कार्यक्रममा पाँचखाल नगरपालिकाकी उपप्रमुख सूर्युमाया दनुवार प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको सभाध्यक्षता सामाजिक विकास समितिका संयोजक सुन्दर अधिकारीले गर्नुभएको थियो।

    कार्यक्रममा सहभागी विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले शिक्षाको गुणस्तर सुधारसँगै विद्यार्थीको बौद्धिक क्षमता र प्रतिभा प्रस्फुटनका लागि यस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

    राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर आयोजित प्रतियोगिताले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यार्थीमा अध्ययनप्रति थप उत्साह जगाउने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ७%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार