२०८३ आश्विन २६, सोमबार | Mon, 12, Oct, 2026

सदस्यको विश्वास बढाउँदै जनज्योती सहकारी, १९औँ साधारणसभा सम्पन्न


७८१ पाठक संख्या
  • २०८३ आश्विन २६, सोमबार मा प्रकाशित २ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–६, पिल्टिारस्थित जनज्योती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा संस्थाको आर्थिक अवस्था, बचत परिचालन, कर्जा लगानी तथा कोष व्यवस्थापनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको छ।

    संस्थाका अध्यक्ष नवराज दनुवारको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थाका सल्लाहकार इस्वरी राजकुमार मैनाली प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा संस्थापक अध्यक्ष धर्मराज राई (दनुवार), संस्थाका ज्येष्ठ सदस्य बेदबहादुर दनुवार र कृष्ण दनुवारको आतिथ्यता रहेको थियो।

    संस्थाका उपाध्यक्ष दिनेश दनुवारले स्वागत मन्तव्य राख्दै सुरु भएको कार्यक्रम सचिव श्यामकुमार दनुवारले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा संस्थाका कोषाध्यक्ष साइलो दनुवारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

    प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार सहकारीमा हाल १७४ जना सेयर सदस्य आबद्ध छन्। संस्थामा सेयर पुँजी २४ लाख २० हजार ८०० रुपैयाँ रहेको छ भने सदस्यहरूबाट संकलित बचत १ करोड ६ लाख ४७ हजार २९ रुपैयाँ पुगेको छ। त्यस्तै, संस्थाको कोष व्यवस्थापनतर्फ ७ लाख ६३ हजार ४७५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।

    संस्थाले सदस्यहरूलाई ८९ लाख ४४ हजार ५८९ रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकमा ५१ लाख ९८ हजार ६४० रुपैयाँ मौज्दात रहेको सहकारीको विभिन्न संघसंस्थामा १ लाख ३० हजार रुपैयाँ निक्षेप रहेको छ। त्यसैगरी, संस्थाको नगद मौज्दात १ लाख ८१ हजार ९२५ रुपैयाँ रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

    स्थानीयस्तरमा सदस्यहरूलाई बचत गर्ने बानीको विकास गराउँदै आवश्यकताअनुसार कर्जा प्रवाहमार्फत आर्थिक गतिविधिमा सहयोग पुर्‍याउँदै आएको सहकारीले आफ्ना सदस्यको आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    साधारणसभा सहकारीको आर्थिक अवस्था समीक्षा गर्नुका साथै आगामी दिनमा संस्थाको वित्तीय व्यवस्थापन, सदस्यको हित संरक्षण र संस्थागत विकासका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा रहेको थियो। १९ औं बार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता शुसिला मैनाली , नियमित बचतकर्ता आसिश दनुवार र सोविता दनुवार , अशल ऋणी शुरेस दनुवार लाई सम्मान गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑