
अच्यूत उप्रेती,
काभ्रेपलाञ्चोक । बागभैरवकी हिमानी श्रेष्ठ र कोसेलीकी रिसिका तामाङ दोस्रो वडा अध्यक्ष कप खुला कराते प्रतियोगिताको महिला २० केजीमुनि तौल समूहमा इनलमा प्रवेश गरेका छन्।
चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा आयोजित प्रतियोगिताको सेमिफाइनलमा हिमानीले कोसेलीकी सुहाना तामाङलाई तथा रिसिकाले शिवपुरी डोजोकी कृष्टि तामाङलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्।
नेपाल गोजुकाइ कराते डो संघको आयोजनामा जारी प्रतियोगिताको पुरुष २० केजीमुनि तौल समूहमा बागभैरवका उत्सव श्रेष्ठ फाइनलमा पुगेका छन्। उनले सेमिफाइनलमा बालाजुका सौरव मगरलाई पराजित गरे। स्वर्ण पदकका लागि उत्सवले एमएचएसका साइमन मल्ल र भृकुटीका आशिष आचार्यबीचको खेलका विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।
महिला २५ केजीमुनि तौल समूहमा मनमैजुकी एन्जल तामाङ, अरनिकोकी रोजिना राउत, ठैवकी दिलिसा लामा र कोसेलीकी प्रनिषा कार्कीले सेमिफाइनलमा स्थान बनाएका छन्। पुरुषतर्फ सोही तौल समूहमा मनमैजुका निसान कुँवर, मेरिल्यान्डका आलोकराज ठाकुर, नव शान्तिका मिसन तामाङ र शिवपुरीका प्रकाश तामाङले सेमिफाइनल यात्रा तय गरेका छन्।
मित्र पार्क नाय खिं बाजं खलःको सहकार्यमा सञ्चालन भइरहेको प्रतियोगिताको महिला एकल कातामा नव शान्तिकी प्रसन्न फुयाँल, भृकुटीकी अंकिता पाण्डे, अरनिकीकी पुनम श्रेष्ठ र मेरिल्यान्डकी एलिना ठकुरी सेमिफाइनलमा प्रवेश गरेका छन्।
त्यस्तै, पुरुष एकल कातामा विद्यावनका रुविन राई, इन्द्रवतिका सुसन तामाङ, भृकुटीका रोहित बस्नेत र नव शान्तिका रोजन ओझाले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।
प्रतियोगिताको काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष विमलकुमार होडाले एक समारोहबीच उद्घाटन गरेका थिए। उद्घाटन समारोहकै अवसरमा अपेक्षा थापा मगर, अन्सु गुरुङ, लिना राई, प्रज्ज्वल कार्की, जुनु गुरुङ र विदुषी पोखरेललाई ब्ल्याक बेल्ट प्रथम डानको प्रमाणपत्र प्रदान गरिएको थियो।
दुईदिने प्रतियोगितामा पुरुष तथा महिलातर्फ समान ११–११ गरी कुल २२ स्पर्धा समावेश छन्। प्रतियोगितामा २२० खेलाडीले सहभागिता जनाएको आयोजक संघका उपाध्यक्ष तथा प्रचारप्रसार उपसमिति संयोजक अच्युतराज उप्रेतीले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस