२०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

आज २४ पौष २०८२ बिहिवार को राशिफल


५५१३ पाठक संख्या
  • २०८२ पौष २४, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको बौद्धिक प्रतिभामा निखार आँउने छ। सहयोगीहरूको साथ पाएपनि हजुरको प्रगतिमा ईर्ष्या गर्नेहरुले दुःख दिनसक्छन्। स्वास्थ्य अनुकुल रहनेछ। शरीरमा स्फुर्ती दिनैभरी रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    सोचेको अनुरुप नतिजा नआउनाले हात आएको अवसर गुमाउनु पर्ला सचेत रहनुहोला। नोकरी वा पेशामा गोपनियताको ध्यान राख्नुहोस्। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ त्यसैले खानपानमा ध्यान दिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    पहिलाका उपलब्धिहरू जोगाउन सफल भइनेछ। सकारात्मक सोचको साथ अगाडि बढ्ने योजना बनाउनुहोस् दिन ऊर्जावान रहनेछ। आफूभन्दा सानाप्रति आत्मीय भाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। व्यापार व्यवसायमा बोलीको प्रभावले राम्रो सफलता मिल्नेछ। साँझतिर कुनै सामान हराउन सक्ला सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    ध्यान केन्द्रित गरेर थालेको कामले फाईदा दिनेछ। व्यापार व्यवसायमा राम्रो आम्दानि गर्ने समय रहेको छ। समाजमा मानसम्मानमा वृद्धि हुनेछ। अचानक सञ्चित रकम खर्च गर्नुपर्ला ध्यान पुर्याउनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    जिम्मेवारी वहन गर्दा अपजस व्यहोर्नुपर्ने हुनसक्छ त्यसैले काममा सचेत भएर जिम्मेवारी लिनुहोला। खर्च बढ्नाले अर्थ अभावको स्थिति आउन सक्छ। कार्यक्षेत्रमा कार्यसम्पादन गर्न सोचेभन्दा धेरै समय लाग्न सक्छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आयस्रोत राम्रो हुनाले भौतिक साधन जुटाउन सकिनेछ। श्रमको उचित मूल्यांकन हुनाले मनमा आनन्दले डेरा जमाउनेछ। प्रतिष्ठित कामले नाम र इनाम दिलाउनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    सामाजिक काममा रुचि बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पारिवारिक सम्बन्धमा सानो कुरालाई लिएर विवाद बढ्नेछ बोल्दा बिचार पुर्याएर बोल्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    धर्मकर्ममा रुचि बढ्नेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन लाग्नेछ। मेहनत परे पनि राम्रो सफलता हात लाग्नेछ। बोलि र व्यवहारमा संयमित रहनुहोला साथै महत्त्वपूर्ण सम्बन्ध जोगाउनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    भौतिक वस्तु जुटाउन सञ्चित रकम खर्च गर्नुपर्ला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला साथै खानपानमा विशेष ध्यान दिनुहोला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नाले सुरक्षित हुन सकिन्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    साझेदारी व्यापारमा लाभ हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। कारोबार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। नोकरी वा पेशामा आफ्नो प्रभुत्व जमाउन सकिने योग छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आफ्नो ज्ञानलाई निखार्ने समय रहेको छ। प्रष्ट सोच राखेर कार्य थालनी गर्ने दिन रहेको छ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आलस्य गर्नदेखि बच्नुहोस्। गरेको कार्यमा सफलता मिल्ने छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार