२०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

आज १९ माघ सोमवार को राशिफल


५२७९ पाठक संख्या
  • २०८२ माघ १९, सोमबार मा प्रकाशित ५ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आज साथीभाइ वा समूहसँगको कामले नयाँ अवसर ल्याउनेछ। नेतृत्व र निर्णयका विषयमा सक्रियता देखिनेछ। राजनीति वा सामाजिक भूमिकामा पनि प्रभाव बढ्ने संकेत छ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ९ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    आर्थिक र शिक्षा सम्बन्धी विषयमा ध्यान जान सक्छ। सहकार्य र मित्रवत व्यवहारले लाभ दिलाउनेछ। पुराना योजना पुनः विचार गरेर अघि बढाउन सकिन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    विचार र मिठो बोलीले अरूलाई प्रभाव पार्न सकिनेछ। साना नेतृत्व जिम्मेवारी र धार्मिक मार्गदर्शन लाभदायक हुनेछ। सुझाव र शिक्षा क्षेत्रमा नयाँ अवसर पाइने संकेत छ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    मनभित्रका कुरा आज बाहिर प्रकट हुन सक्छन्। भावनामा अलि संवेदनशीलता देखिए पनि निर्णयमा सोच उपयोगी हुनेछ। घरपरिवार र व्यक्तिगत जिम्मेवारी सन्तुलित राख्नुपर्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आज नेतृत्व र सामूहिक काममा सक्रिय रहनुपर्ने दिन हो। सामाजिक प्रतिष्ठा र पदमा समान्यतया वृद्धि र वढोत्तरी देखिन्छ। हजुरको बोलि र व्यवहारले अरूलाई प्रभावित गर्नेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक १ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    शिक्षा अध्ययन वा नयाँ ज्ञान प्राप्तिमा समय दिनु लाभदायक रहनेछ। साझेदारी र सहकार्यले राम्रो नतिजा ल्याउन सहयोग गर्नेछ। थकान महसुस भए पनि धैर्यता राखेर कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    आज सम्बन्ध र सामाजिक भूमिकामा सक्रियता देखिनेछ। राजनीतिक वा संगठनात्मक जिम्मेवारी लिन मन लाग्न सक्छ। सम्भावित छलफल र सुझावले निर्णयलाई स्पष्ट बनाउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    सृजनशीलता र गहिरो सोच आज लाभदायक रहला। नेतृत्व वा शिक्षासँग सम्बन्धित जिम्मेवारीले लाभ दिन सक्छ। आत्मविश्वास र स्पष्ट निर्णयले सम्मान बढाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    आज भावनात्मक उतार चढाव सम्भव छ होसियार रहनुहोला। सम्बन्ध र साझेदारीमा सोच र समझ आवश्यक छ। सकारात्मक निर्णयले भविष्यमा लाभ दिलाउनेछ। आजको शुभ रंग हल्का पहेँलो हो भने शुभ अंक ३ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    घरपरिवार सम्बन्धी जिम्मेवारी र शिक्षा सम्बन्धित योजना दुवै सक्रिय रहनेछ। हरेक कुरामा संयमता अपनाउँदा तनाव घट्नेछ। पुराना कुरा सम्झेर नयाँ दिशा लिन लाभदायक रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    बोली र व्यवहारले अरूलाई प्रभावित गर्ने योग छ। आफन्तहरू र मित्रताको सहयोगले विशेष लाभ दिनेछ्। जोखिमपूर्ण निर्णय टार्नु राम्रो रहनेछ। कार्यमा स्थिरता कायम राख्नु आवश्यक छ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    सिर्जनात्मक र भावनात्मक काममा दिन अनुकूल रहनेछ। मित्रता र व्यक्तिगत सम्बन्धमा मधुरता बढ्नेछ। साना नेतृत्व वा शिक्षासम्बन्धी अवसर पनि प्राप्त हुन सक्छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार