२०८३ कार्तिक १६, सोमबार | Mon, 02, Nov, 2026

आज कात्तिक १६ गते सोमबारको राशिफल


१२६१ पाठक संख्या
  • २०८३ कार्तिक १६, सोमबार मा प्रकाशित ६ घण्टा अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    दिन सामान्य छ । हरेक काममा अवरोध देखिने छन् । निर्णय क्षमताको आवश्यकता देखिन्छ । मनमा धेरै खटपटी हुनसक्छ । वैदेशिक क्षेत्रको लगानीमा उत्साह बढ्नेछ । परिवारको सहयोग प्राप्त हुनेछ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु राम्रो हुन्छ । सहकार्यमा अगाडि बढ्दा फाइदा हुनेछ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    मनमा उत्साह बढ्नेछ । साना योजनालाई रोकेर ठुलाठुला कामको सुरुवात गर्नु राम्रो हुनेछ । शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्र प्रगति हुनेछ । समयको सदुपयोग गर्नुपर्ने दिन छ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    आज तपाईंको दिन राम्रो छ । लामो यात्रा हुनेछ । शिक्षामा सफलता प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । लगानी गरेको क्षेत्रबाट नाफा आर्जन हुनेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    दिन सामान्य छ । खर्च बढ्नेछ । सोचेर निर्णय गर्नुपर्ने दिन हो । अग्रजको सुझाव अनुसार काम गर्दा नाफा हुनेछ । परिवारको साथमा अगाडि बढे फाइदा हुनेछ । लगानीका लागि हिम्मत गर्नु राम्रो हुनेछ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    दिन राम्रो छ । लामो समय रोकिएको कामको सुरुवात हुनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । वैदेशिक क्षेत्रमा नाफा हुनेछ । विदेशको लगानीबाट मनमा उत्साह बढ्नेछ । व्यवहार गर्दा मर्यादा नभुल्नु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    दिन राम्रो छ । आफन्तको सहयोग मिल्नेछ । लगानीका अवसर धेरै भएकाले सोचेर अगाडि बढ्नु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    पठनपाठनमा रुची बढ्नेछ । लगानी र श्रमको उचित मूल्यांकन हुनेछ । काम सम्पन्न नभएसम्म मनको कुरा कसैलाई नभन्नु राम्रो हुन्छ । संकटमा परिवारको साथ मिल्नेछ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    यात्रा गर्दा सावधानी अपनाउनुपर्नेछ । मान र मर्यादाले तपाईंलाई उचाईमा पुर्याउने छ । प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ । लगानीका अवसर थुप्रै भएकाले यसलाई सदुपयोग गर्नु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    दिन राम्रो छ । मनको चिन्ता हट्नेछ । सन्तान सुख मिल्नेछ । धार्मिक कार्यमा संलग्न भएमा दिन सहज बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    शत्रु बढ्नेछन् ।कडा प्रतिस्पर्धामा सहभागी भएर सफलता प्राप्त गर्ने योग छ । कृषि र पशुपालन क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । वैदेशिक लगानीले उत्साह बढ्नेछ । शिक्षा क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    दिन राम्रो छ । दाजुभाइ वा दिदीबहिनीको सहयोग लिएर अगाडि बढ्ने समय छ । धोरै बोलेर धेरै मिहिनेत गर्नुपर्ने समय छ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑