२०८३ कार्तिक ११, मंगलबार | Tue, 27, Oct, 2026

आज कात्तिक १० गते मंगलबारको राशिफल


८५९ पाठक संख्या
  • २०८३ कार्तिक ११, मंगलबार मा प्रकाशित ५ घण्टा अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    दिन सामान्य छ। खर्च बढ्ने र लगानी डुब्ने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा प्रगति हुनेछ। खानपानमा ध्यान नजाँदा स्वास्थ्यमा समस्या हुनेछ। विदेशको रमझमले मन आकर्षित गर्नेछ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। ठुला व्यक्तिसँगको सहकार्यले नयाँ योजना बन्नेछन्। दाम्पत्य जीवनमा खटपटी बढ्ने जोखिम छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    दिन राम्रो छ। जग्गाको कारोबारमा फाइदा हुनेछ। सञ्चित धन खर्च हुनेछ। ठुलो लगानी गरेर व्यापारमा फाइदा उठाउन सक्नु हुनेछ । शिक्षामा प्रगति भए पनि राजनीतिक क्षेत्रमा अवरोध हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    दिन राम्रो छ। लामो समयपछि साथीसँग भेट हुनेछ । व्यापारमा नाफा हुनेछ। परिवारको साथ र सहयोगले मन शान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा विपक्षी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    दिन राम्रो छ। विपक्षीको साथ मिल्ने योग छ । राजनीतिक क्षेत्रको प्रयास सफल हुनेछ। परिवारको साथमा लिएको निर्णय सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    दिन राम्रो छ। संघ संस्थाले सम्मान गर्नेछन्। शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ। राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। जागिरमा पदोन्नती हुनेछ। परिवारभित्र गोपनीयता भंग नगर्नु उचित हुन्छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    दिन सामान्य छ। मन अशान्त बन्नेछ। अग्रजको सल्लाहमा अगाडि बढ्नुपर्ने दिन छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ। दान गरेर दिनको सुरुवात गरेमा नाफा हुनेछ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    दिन राम्रो छ। आम्दानीका स्रोत सबल छन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत आवश्यक हुन्छ। परिवारभित्र नै विरोधी सक्रिय भएकाले मन अशान्त हुनसक्छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ । अग्रजको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। व्यापारमा फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। बौद्धिक विपक्षी भएकाले शान्त बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    दिन राम्रो छ। आम्दानी बढ्ने योग छ । शिक्षामा लगानी नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    दिन राम्रो छ। बौद्धिक क्षेत्रको संघर्षबाट लाभ प्राप्त हुनेछ। सहकर्मीसँग जोगिएर काम गर्नुपर्ने देखिन्छ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ। भीडमा सचेत हुनुपर्ने देखिन्छ। खर्च बढ्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑