२०८३ कार्तिक १५, आईतबार | Sun, 01, Nov, 2026

कैद भुक्तान गरिरहेका २८ वर्षीय राईको मृत्यु


९९१ पाठक संख्या
  • २०८३ कार्तिक १५, आईतबार मा प्रकाशित १ घण्टा अघि
  • १५ कात्तिक, सङ्खुवासभा । सङ्खुवासभा जिल्ला कारागार, खाँदबारीमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ।

    ज्यान मार्ने उद्योग मुद्दामा कैद भुक्तान गरिरहेका चिचिला गाउँपालिका–१ निवासी २८ वर्षीय भोला राईको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो।

    जिल्ला कारागार सङ्खुवासभाका प्रमुख जेलर धनबहादुर श्रेष्ठका अनुसार राईलाई मुटुसम्बन्धी समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार बिहान ७ बजे जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना गरिएको थियो।

    जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि शनिबार दिउँसो ३ बजे विराटनगर पठाइएको जेलर श्रेष्ठले जानकारी दिए।

    उपचारका लागि विराटनगर पुर्‍याइएका राईलाई उनकी श्रीमती तथा कारागारबाट प्रहरी नायब निरीक्षक तुलसीराम राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले सुरुमा कोशी अस्पताल लगेको थियो। कोशी अस्पतालमा उपचारपछि थप उपचारका लागि नोबेल अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा चिकित्सकले आइतबार बिहान ३ बजे उनलाई मृत घोषणा गरेका हुन्।

    राईलाई जिल्ला अदालत चैनपुरको आदेशअनुसार २०८३ वैशाख ४ गते कारागार चलान गरिएको थियो।

    यसैबीच, सङ्खुवासभा जिल्ला कारागारमा रहेका १० जना कैदीबन्दीले नियमित औषधि सेवन गर्दै आएका छन्। हाल कारागारमा सात महिलासहित १५१ जना कैदीबन्दी रहेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑