२०८३ श्रावण २४, आईतबार | Sun, 09, Aug, 2026

युनिटि बचतको अध्यक्ष र कोषाध्यक्ष लाई झ्याप


१०४७९ पाठक संख्या
  • २०८१ अषाढ १७, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला साबिकको बनेपा नगरपालिका वडा नं. ६ हाल बनेपा नगरपालिका वडा नं. ८ वाँख्योटोलमा रहेको युनिटि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज राजवंशी लाइ पक्राउ गरी कारवाही प्रकृया अगाडि बढाएको छ ।

    वचत कर्ताहरुलाई ललाई फकाई वचतको सुरक्षा हुन्छ भनि विश्वासमा पारी वचत कर्ताहरुलाई पैसा वचत गर्न लगाई जम्मा गरेको वचत रकम पैसा पिडित जाहेरवाला तथा निवेदकहरुले फिर्ता माग्न जाँदा समेत वचत रकम फिर्ता नगरेको भनि पिडितको जाहेरीको आधरमा काभ्रे प्रहरीले पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जाहेरीको आधारमा कानून बमोजिम ठगी मुद्धामा कारबाही गरी पाउँ भनी ३० जना पिडितहरुले रु. २ करोड ८३ लाख ११ हजार एक सय चौसठ्ठी ठगी कसुर मुद्धामा जाहेरी दरखास्त लेखी पेश गरी मुद्धा दर्ता भई अनुसन्धान कार्य भई रहेकोमा मिति आज (सोमबार) पक्राउ गरी अनुसन्धान कार्य भई रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार