२०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

डाँका र ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काभ्रे प्रहरीको फन्दामा


१२४९ पाठक संख्या
  • २०८३ श्रावण २६, मंगलबार मा प्रकाशित १ घण्टा अघि
  • काभ्रे । डाँका, ज्यान मार्ने उद्योग, हातहतियार खरखजना तथा आपराधिक उपद्रवसम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार राजेन्द्र भन्ने दीपक घलान तामाङलाई खोजतलासका क्रममा पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनीमाथि रोशी गाउँपालिका–८ स्थित बुद्धचित्तको दाना कुर्न गएका व्यक्तिमाथि ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गरी घाइते बनाएको तथा बुद्धचित्तको दाना डाँका चोरी गरेको आरोपमा मुद्दा दर्ता भएको थियो।

    प्रहरीका अनुसार उक्त घटनामा मानबहादुर तामाङ र दुर्गाबहादुर तामाङसहितले दिएको जाहेरीका आधारमा डाँका, ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजना मुद्दा दर्ता भएको थियो। घटनापछि उक्त मुद्दामा संलग्न केही प्रतिवादी फरार रहेका थिए।

    फरार प्रतिवादीमध्ये काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का राजेन्द्र भन्ने दीपक थलान तामाङलाई प्रहरीले खोजतलास गर्दै पक्राउ गरेको जनाएको छ।

    पक्राउ परेका तामाङलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। अदालतको आदेशअनुसार उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाडिएको प्रेस नोटमा उल्लेख छ।

    यसैगरी, उनीमाथि आपराधिक उपद्रवसम्बन्धी अर्को मुद्दासमेत रहेको प्रहरीले जनाएको छ। उक्त मुद्दामा समेत प्रतिवादी तामाङलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले फरार अभियुक्त तथा प्रतिवादीहरूको खोजीलाई निरन्तरता दिइरहेको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार