२०८३ आश्विन ३, शनिबार | Sat, 19, Sep, 2026

होटेलमा विवाद, चक्कु प्रहारबाट एकको ज्यान गयो


६३९७ पाठक संख्या
  • २०८३ आश्विन ३, शनिबार मा प्रकाशित ५८ मिनेट अघि
  • ३ असोज, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित मेनरोडको एक होटेलमा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ।

    शनिबार साँझ करिब ५ बजे सिमरास्थित सम्झना स्टाफ होटेलमा स्थानीय ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार भएको थियो। घाँटीमा गम्भीर चोट लागेका खड्कालाई तत्काल उपचारका लागि वीरगञ्ज लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्न व्यक्तिहरू भने फरार रहेको प्रहरीले जनाएको छ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार होटेलमा खाजा खान आएका समूहबीच विवाद भएपछि घटना भएको हो। विवादका क्रममा होटेलको भान्सामा रहेको चक्कु प्रयोग गरी खड्कामाथि प्रहार गरिएको प्रारम्भिक तथ्य खुलेको प्रहरीले जनाएको छ।

    घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजी भइरहेको र घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार