पाँचखाललगातार ३ दिनको बर्षात साथै हिमपात पछि बल्ल माघ २७ बाट मौसममा सुधार आएकोमा आजबाट पुन बदली हुदा चिसो बढेको छ । पश्चिमी वायुको कारणले गर्दा शनिबार बेलुका सम्म मौसममा सुधार नआउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कमजोररुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले बदलीसँगै हल्का वर्षा हुने छ । अघिल्लोपटक देखापरेको पश्चिमी वायुले ३ दिनसम्म देशैभर बदली र वर्षा गराएको थियो । आजबाट मौसम विग्रियपछी काठमाडौँको न्यूनतम तापक्रम ७ र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ ।
प्रतिक्रिया दिनुहोस