२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

चर्चित झिल्के गाएक घोरासाईनेको लोक संगितमा पुनारागमन


५४५४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ फागुन २७, सोमबार मा प्रकाशित ७ साल अघि
  • नेपाली श्रोता तथा दर्शकमाझ मन मुटुमा बस्न सफल ख्याति प्राप्त ठट्यौली झिल्के लोक दोहोरी गाएक नवराज घोरासईने लामो समयको विश्राम पछि नयाँ लोक दोहोरीका साथ दर्शक तथा श्रोता माझ आउने भएका छन् ।

    डिएआर मुभिजले छिट्टै बजारमा ल्याउन लागेको “डाँडाघरे दाई” बोलको लोक दोहोरिमा गाएक घोरासाईनले आफ्नो स्वर दिएसँगै उनको पुनरागमनको पुष्टि भएको छ ।

    लामो समय सँगै काम गरेकि लोक गायिका पार्वति कार्किले ५ वर्ष पछि घोरासईनेलाई “डाँडाघरे दाई” मा साथ दिएकि छिन् । धेरै पछि सँग गित गाउन पाएकोमा कार्किले निकै हर्ष बोध गरिन ।

    नयाँ तथा पुराना कलाकारलाई खोजि खोजि नयाँ प्रस्तुति सहित बजारमा आफ्नो अलग पहिचान बनाउँदै अघि बढिरहेका निर्देशक प्रभावनले घोरासईनेलाई पुनं लोक संगित जगतमा पुनरागमनका लागि पहल गरेका हुन् ।
    ठट्यौलि गाएक नवराज घोरासाईनेको नयाँ प्रस्तुतिको व्यग्र प्रतिक्षामा रहेका आम दर्शक तथा श्रोतालाई अब छुट्टै मिठास गितले दिने अपेक्षा गरिएको छ ।
    थप जानकारिको लागि तलको भिडियो हर्नुहोस ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार