२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

बच्चा चोरलाई प्रहरीले झ्याप


३३२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ अषाढ २८, शनिबार मा प्रकाशित ५ साल अघि
  • पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट शिशु चोर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो ३ बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिलालाई स्याङ्जाको कालीगण्डकी गाउँपालिबाट नियन्त्रणमा लिइएको हो ।

    शिशु चोरीमा संलग्न महिलाको परिचय भने खुलाइएको छैन । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए । सापकोटाका अनुसार महिलाले चोरेर लगेको बच्चाको अवस्था सामान्य छ ।

    चार दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शुक्रबार जमुनाकी आमालाई सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् । त्यसबेलामा सुत्केरी जमुना भने अचेतजस्तै थिइन् ।

    बच्चा हराउनेवित्तिकै सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा प्रहरीले खोजी थालेको थियो । सिसिटिभी फुटेजको आधारमा महिलाको हुलिया पत्ता लगाएर पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार