२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

नेकपा निकट सीटीइभीटी राष्ट्रिय कर्मचारी संगठनको एकता अधिवेशनकाे सम्पन्न ।


३३४२ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ४, शनिबार मा प्रकाशित ५ साल अघि
  • नेकपा निकट सीटीइभीटी राष्ट्रिय कर्मचारी संगठनको एकता अधिवेशन भक्तपुरको सानाेठिमिमा परिषद्को प्राङ्गणमा उद्घाटन सत्रकाे कार्यक्रम सम्पन्न भयकाे छ।

    संगठनका कार्यवाहक अध्यक्ष तेज वहादुर खत्रिकाे सभापतित्वमा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका प्रमुखआतिथ्यतामा अधिवेेेेशन सम्पन्न भयकाेे थियाे।

    नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) लाई नयाँ शिक्षा ऐनले अझ सबल बनाउने बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव गरेको शिक्षा ऐनमा सीटीइभीटी ऐन गाभिएको विषयमा चित्त नबुझेको भए सरोकारवालासँग पार्टीले छलफल गरेर अघि बढ्ने उनको भनाइ छ ।

    शुक्रवार सानोठिमीस्थित सीटीइभीटी प्रांगणमा आयोजित नेकपा निकट सीटीइभीटी राष्ट्रिय कर्मचारी संगठनको एकता अधिवेशन उद्घाटन गर्दै पूर्व अर्थ मन्त्री समेत रहेका महासचिव पौडेलले शिक्षा ऐन ड्राफ्ट हुँदैमा आत्तिन नपर्नेमा जोड दिंदै प्राविधिक शिक्षालाई बलियो बनाउन सीटीइभीटीलाई पनि बलियो बनाएर लैजाने आश्वासन दिए ।

    देशको आवश्यकता अनुसारको प्राविधिक तथा व्यवसायिक जनशक्ति उत्पादनमा यसको बिकल्प नभएको भन्दै उनले आफू सीटीइभीटी र सरकार बीच समन्वय गराउन सदैव तयार रहेको धारणा व्यक्त गरे ।

    संगठनकाे एकता अधिवेशनमा शुभकामना दिन विभिन्न सरकारि निकायका संगठनहरू पार्टीका जनवर्गीय संगठन तथा नेताहरूकाे  बाक्लो उपस्थिति थियाे।

    उक्त अवसरमा अनेरास्ववियुका संयोजक ऐन महरले चन्दा र आर्थिक सहयोगका कारण विद्यार्थी आन्दोलन बदनाम बनेको बताउदै अब अनेरास्ववियुले कसैसंग चन्दा नउठाउने दावी गर्दै विद्यार्थी आन्दोलन शशक्त बनाएर लैजाने बताए ।

    दुईदिन सम्म संचालन हुने अधिवेशनको बन्द सत्रकाे कार्यक्रम भक्तपुरको वाेडे स्थित नर्थ पाेईन्ट भईरहेकाे छ ।२०० भन्दा वढि प्रतिनिधि तथा पर्यवेक्षकको उपस्थितिमा वन्दसत्र संचालन भईरहेकाे छ।सकेसम्म सर्वसम्मत वाट नेतृत्व चयन गर्नेमा नेताहरू लागेका छन यदिनभयमा प्यानल वनायर प्रकृयामा जान्छौं एक नेताले भने।

    तेज वहादुर खत्रिकाे नेतृत्व र ठाकुर भट्टराईको नेतृत्वमा प्यानल वनायरै अगाडि वढ्न लभिङ भई रहेको छ भने दुवै प्यानलमा सहभागी नभई प्यानलकाे विराेध गर्दै एक्लै महासचिवको प्रचार प्रसारमा सराेज गिरि तागिपरेका छन एक कर्मचारीले वताय। यदि प्यानलै नाई चुनावि प्रकृयामा गय कुन प्यानल जित्ला भन्ने हाम्रो जिज्ञासामा सहभागिहरू भन्छन पार्टी र संगठनकाे ठुलै समूह तेजखत्रि समुहलाई जिताउन लागि परेको छ।

    प्रतिनिधिहरू

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार