धुलिखेल-२०७२ साल बैशाख १२ मा आएको विनासकारी महांभूकम्प प्रभावित जिल्लाहरुका भूकम्प पिडितहरुले समयमा प्राधिकरणको नियम अनुसार सम्झौता नगर्दा लाभग्राही सुचिबाट नाम हटाईएको छ ।
प्राधिकरणले अनुदान सम्झौता गर्ने समयसीमा ०७६ असार २१ सम्मका लागि तोकेको थियो । सो सनमय सम्म भूकम्प प्रभावित विभिन्न जिल्लाका ५७ हजार ३ सय ९ जनाले अनुदान सम्झौता नगरेपछि उनीहरूलाई लाभग्राहीको सूचीबाट नाम हटाइएको जानकारी प्राप्त भएको छ ।
पुर्ण क्षती भएकाहरुलाई ३ लाख रुपैयाँका दरले घर बनाउन अनुदान पाउने सूचीमा परेका उनीहरूले निर्धारित समयभित्र अनुदान सम्झौता नगरेकोले लाभग्राहीको सूचीबाट हटाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनु भएको छ ।
लाभग्राहीको सुचिबाट हटाईएकाहरुमा असार मसान्त सम्म पहिलो किस्ता नलिएका लाभग्राहीलाई पनि सूचीबाट हटाइएको छ । प्राधिकरणका अनुसार ८ लाख २६ हजार ९ सय २६ जना लाभग्राही सुचिमा रहेकोमा सात लाख ६९ हजार ६ सय २४ जनाले अनुदान सम्झौता गरेका छन् ।
अनुदान सम्झौता गरेका मध्य पनि ५ हजार ५ सय ४० जनाले अनुदान रकम लिएका छैनन् । घिमिरेका अनुसार अनुदान सम्झौता नगर्ने र पहिलो किस्ता पनि नलिने लाभग्राहीको नाम समेत हटाएको छ ।
प्रतिक्रिया दिनुहोस