२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

घुस लिदै गरेका सईलाई अख्तियारले झ्याप


३१०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण ९, बिहिबार मा प्रकाशित ५ साल अघि
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका दुई जना सई (प्रहरी नायब निरीक्षक) लाई घुस लिँदालिँदै पक्राउ गरेको छ।

    महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारले सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस मागेका थिए।

    घुस मागेको सूचना आधारमा अख्तियारको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले सेवाग्राहीसँग अठार हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

    उनीहरूलाई काठमाडौं महानगरपालिका वडा नं. ८ स्थित मिथिला काबेली यातायात सेवा प्रा.लि. र अनलाइन डिलक्सको टिकट काउन्टरको अफिस अगाडिको सार्वजनिक सडक किनाराबाट उक्त रकम सहित  पक्राउ गरिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु