२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

काभे्रमा २४ औं योग केन्द्रको सुरुवात


२७२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ श्रावण २८, मंगलबार मा प्रकाशित ५ साल अघि
  • पाँचखाल-कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरमा बसोवास गर्ने नगरवासिहरुलाई रोगले आक्रमन नगरोस यदि गरेको भएपनि निको पार्ने उद्देश्यका साथ योग केन्द्रहरुको सुरुवात भएको छ ।

    पाँचखाल नगरको मुटु मानिने समाजकल्यांण चोकमा लामो समय अगाडीदेखि योग केन्द्र संञ्चालन हुंदै आएकोमा हार्लैबाट पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्लेमा काभे्रको २४ सौं योग साधना केन्द्रको रुपमा संञ्चालन भएको छ । त्यसैगरी वडा नं ४ को लामिडाँडामा योग केन्द्र संञ्चालन हुने तयारीमा रहेको जानकारी प्राप्त भएको छ ।

    पाँचखालको तिनपिप्लेमा योग केन्द्रको उद्घाटन गर्दै योग साधना केन्द्र सञ्चालक समिति ३ नं प्रदेशका प्रमुख ग्रोवेन तौजलेले जस्ले हरेक दिन योग गर्छ उसले जनताको मर्म बुझ्छ भन्नुभयो । योगको कारणले मानव स्वास्थ्यमा रोगले आक्रमन नगर्ने मात्र नभइ बिभिन्न सकारात्मक सोचको समेत विकास हुने बताउनु भयो । घर परिवार देखि मुलुक सम्म शान्त र सकारात्मक सोचनै मानव स्वास्थ्यमा रोगले आक्रमन गर्न नसक्नु रहेको बताउनु भयो । योगले आत्मा र परमात्मामा मिलन गराउने भएकोले विश्वका ९० राष्ट्रमा विहान एकै साथ एकै समयमा योग हुुने गरेको बताउनु भयो ।

    पाँचखाल नगर योग साधना केन्द्र सञ्चालक समितिका संयोजक केशव बोलखेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति काभे्रका उप—संयोजक मञ्जु गौतम, पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल, योग साधना केन्द्र काभे्रका प्रमुख दमन कुमार श्रेष्ठ, योग साधना केन्द्र काभे्रको महिला संयोजक अन्जना श्रेष्ठ, योग साधना समिति कााभे्रका युवा अध्यक्ष रमेश श्रेष्ठ, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की लगायतले योगको बारेमा चर्चा गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु