मर्स्याङदी गाउँपालिका-३ टुनीखर्कमा हतियारधारी समूहले आइतबार घरभित्र पसेर वृद्धवृद्धालाई अन्धाधुन्द धारिलो हतियार प्रयोग गरेर लुटपाट गरेको प्रहरीले जनाएको छ ।
उनीहरुका साथबाट लुटेरा समूहले ८ तोला सुन लुटेर लगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ ।डीएसपी रविन्द्रमान गुरुङका अनुसार प्रहरीले घटनास्थलमा अनुसन्धान थालेको छ ।
घाइते आइतसिंहका अनुसार गर्मीको समय भएकाले ढोकामा चुकुल लगाइएको थिएन । राति साढे १२ बजेतिर मुखमा नकाव लगाएर आएको टोलीले धारिलो हतियार प्रयोग गरी आफ्नो हातको २ तोलाको औंठी र पत्निको दुवै कानमा रहेको साढे १ तोलाको सक्रिसहितको सुनका साथै घाँटीमा लगाएको ३ तोलाको सुन समूहले लुटेर लगेको थियो ।
प्रतिक्रिया दिनुहोस