धुलिखेल/नेपाल कम्युनिष्ट पार्टिका भात्रि संगठनहरू अनेरास्ववियू धुलिखेल नगर कमिटि र राष्ट्रिय युवा संघ नेपाल,धुलिखेल नगरकमिटिको संयुक्त आयोजनामा संविधान दिवसको अवसर पारेर दिप प्रजोलन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेपाल सरकारका प्रवक्ता तथा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल वास्कोटाको प्रमुख अतिथित्व थियो । भने धुलिखेलका नगर प्रमुख अशाेक व्यञ्जु विशेष अतिथिको रुपमा थिए । कार्यक्रम मा बोल्दै प्रमुख अतिथि ले दिप प्रज्वलन कार्यक्रमले सविधानको अपनत्व सबैले गर्न पाउने धारणा राख्नु भयो ।
मन्त्री वास्कोटाले यो सानो दुःखले अर्जिएको सविंधान नभएको बताउनु भयो । कार्यक्रममा विधार्थि तथा युवा नेताहरू शालिकराम पराजुलि ,हरिषचन्द घिमिरे,नवराज ढकाल,मिलन कुमार गौतम, दिपेश तिमल्सीना युवा संघ का नेता राकेश लाम, बिक्रम चौलागाई,सागर राईमाझि,उद्दव मिजारलगायतकाे उपस्थीति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस