काठमाडौं–घूस लिएको आरोपमा अख्तियारले पक्राउ गरेका मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदीले आत्महत्या गरेका छन् । उनले सेवाग्राहीबाट एक हजार घुस लिएको आरोपसहित अख्तियारले उनलाई पक्राउ गरेको थियो ।
उनी विरुद्ध काठमाडौंको विशेष अदालतमा दायर भएको मुद्दामा पनि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा ३ अनुसार एक हजार बिगो माग दाबी गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस