काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ४ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सो वडामाकोे दाप्चा १ नं. पुलमा नजिक रहेको पशुपतिरोडा ढुंगा उद्योगमा काम गर्ने वर्ष ६८ को पूर्णबहादुर कटुवाल रहेका छन् ।
सो उद्योगमा कटुवाल इलेक्ट्रिसियनको रुपमा विगत ४ वर्षदेखि काम गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कटुवाल वाईल्डिङ मेसिनमा तार जोड्ने क्रममा बाँया हातको चोर औंलामा करेन्ट लागि घाईते भएको थियो । घाइते भएछि उनलाई तत्काल उपचारको लागि धुलिखेल अस्पताल ल्याईएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस