२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

मान्छे हान्ने राँगोलाई न्युरोडमा गोली हानियो


१०५१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ७, मंगलबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौं– कालीमाटीमा मंगलबार बिहान मान्छेलाई हानेर भागेको राँगोलाई  प्रहरी गोली प्रहार गरी मारेको छ । मान्छेलाई हान्दै उदण्ड मच्चाएपछि प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली हानेर मारेको हो। मासुका लागि तराईबाट ल्याइएको राँगाले कालीमाटी झार्ने क्रममा नियन्त्रणबाहिर गई चार जनालाई हानेर घाइते बनाएको थियो ।

    मान्छेलाई हानेर भागेको राँगालाई प्रहरीले न्यूरोडको खिचापोखरीमा घेरा हालेर गोली हानेर मारेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएपी उत्तमराज सुबेदीले जानकारी दिए । घाइते चार जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

    स्वयम्भु तर्फबाट रन्थनिँदै न्यूरोड आइपुगेको राँगोलाई महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले गोली हानेर मारेको हो ।काठमाडौंमा राँगोलाई प्रहरीले गोली हानेर मारेको यो पहिलो घटना भने होइन । यसअघि २०७५ साल फागुन ११ गते चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँ हुँदै दहचोकसम्म लखेटेर प्रहरीले गोली हानेर एउटा राँगोलाई मारेको थियो । यस्तै २०७१ साल मंसिर १५ गते ह्याम्स अस्पतालको तत्कालीन बुद्धनगरस्थित कार्यालयमा पसेर भैंसीले आतंक मच्चाएपछि प्रहरीले अस्पताल परिसरमै गोली हानेर मारेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार