मालपोत कार्यालय महोत्तरीका कार्यालय प्रमुख भुपबहादुर बोगटी मदिरा सेवन गरेर कार्यालय गएको आरोपमा पक्राउ परेका छन् ।
कार्यालय समयमा मदिरा पिएर सेवाग्राहीमाथि नै अपशब्द बोलेपछि कार्यालय प्रमुख बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।शुक्रबार दिउँसो २ः३० बजेरित बोगटीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव बुढाथोकीले जानकारी दिए ।
सार्वजनिक स्थानमा मदिरा सेवन गरेर झै–झगडा गर्ने व्यक्तिलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा प्रक्रिया अगाडि बढाउन सकिने कानून प्रावधान छ । तर, मालपोत प्रमुख बोगटीले भने पदीय ‘शक्ति’को आडमा छुट पाउँदै आएको मालपोत कार्यालय महोत्तरीका एक कर्मचारीले बताए ।मालपोत प्रमुख बोगटीमाथि हुने कारबाहीबारे प्रमुख जिल्ला अधिकारीसँग परामर्श लिइने महोत्तरी प्रहरीका डिएसपी बुढाथोकीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस