२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

छानविनबाट जोगिए महरा


२६८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन १६, बिहिबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी महिलाले आफू ‘डिप्रेसन’को विरामी भएको भन्दै प्रहरीमा निवेदन दिएकी छन् । यससँगै महरामाथि प्रहरी छानविन रोकिने भएको छ ।

    संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । सोमबार राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट समेत गरेको उनले बताएकी थिइन् ।

    मंगलबार सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा)ले महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन सुझायो । लगतै महराले राजीनामा दिए । बुधबार संसद सचिवालयले महराले राजीनामा दिएकाले पद रिक्त भएको सूचना पनि निकालेको छ । तर पीडित भनिएकी महिलाले भने बोली फेरेकी छन् । उनले बुधबार महानगरीय प्रहरी वृत्त तिनकुनेमा आफू डिप्रेसन विरामी भएको र मिडियामा आएको विषय आफूलाई थाहा नभएको भन्दै लिखित निवेदन नै दिएकी छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार