काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले मोरङमा भण्डारण गरेर राखेको विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, मोरङले चलाएको अपरेशनका क्रममा ४३ वटा जिलेटिन बरामद भएको हो ।
यसअघि १२ साउनमा झापाको इलाका प्रहरी कार्यालय, विर्तामोडले झापामा विप्लव समूहले विष्फोटक पदार्थ भण्डारण गरेको ठाउँमा पनि छापा मारेको थियो । त्यसक्रममा २ सय ५ लोला विष्फोटक पदार्थ बरामद भएको थियो ।
दुवै अपरेशनमा १ नं. प्रदेश प्रहरी कार्यालयको सहयोग थियो ।
प्रतिक्रिया दिनुहोस