२०८३ अषाढ ४, बिहिबार | Thu, 18, Jun, 2026

अघोरीकी श्रीमती प्रहरी हिरासतमा


१०१६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २६, मंगलबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौं– सामाजिक सञ्जालमा ‘अघोरी बाबा’को रुपमा चर्चित विजय केसीकी ‘श्रीमती’ शारदा पाण्डेमाथि अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद थप गरेको छ ।

    पाण्डेविरुद्ध ७५ लाख रुपैयाँ ठगी गरेको भन्दै चितवन घर भएकी एक महिलाले महानगरीय प्रहरी बृत्त बौद्धमा उजुरी दिएकी थिइन् । ठगीको उजुरी परेपछि प्रहरीले अघोरी बाबा विजय केसी र उनकी श्रीमती शारदालाई कार्यालयमा बोलाएको थियो ।

    शुरुमा ‘छलफल’कै माध्यमबाट विवाद टुंग्याउने प्रयास गरिएपनि पीडित भनिएकी महिलाले नमानेपछि पाण्डेलाई हिरासतमा राखिएको थियो ।सोमबार पक्राउ परेकी पाण्डेलाई थप अनुसन्धानका लागि म्याद थप गर्न मंगलबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।

    अदालतले पाण्डेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद दिएको महानगरीय प्रहरी बृत्त बोद्धका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेश बहादुर सिंहले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार