२०८१ कार्तिक १२, सोमबार | Mon, 28, Oct, 2024

इरानले इजरायललाई समाप्त पार्ने चेतावनी


२६७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १, आईतबार मा प्रकाशित ४ साल अघि
  • इरानका सर्वोच्च नेता अयतोल्लाह खमेनीले इजरायललाई समाप्त पार्ने चेतावनी दिएका छन् । तेहरानमा आयोजित एक इस्लामिक कन्फ्रेन्समा खमेनीले सो कुरा बताएका हुन् । उनले इजरायलको बर्बादी यहुदीहरुको बर्बादी नभएको पनि बताएका छन् ।

    उनले भनेका छन्– एक देशको रुपमा इजरायललाई नष्ट गर्नु भनेको यहुदीलाई नष्ट गर्नु होइन । यसको मतलब यो हो कि प्यालेष्टाइनी, चाहे त्यो मुसलमान होस्, ईसाई या यहुदी होस्, उनीहरुले आफ्नो सरकार रोज्नुपर्छ ।

    सन् १९७९ मा इरानको क्रान्तिपछि कट्टरपन्थीहरु सत्तामा आएका थिए । त्यही बेलादेखि नै इरानी नेताहरुले इजरायललाई समाप्त पारिदिने कुरा गर्दै आएका छन् । इरानले इजरायलको अस्तीत्व स्वीकार गर्दैन । इजरायलले मुसलमानहरुको जमिनमा अवैधरुपमा कब्जा जमाएको आरोप इरानले लगाउँदै आएको छ ।

    दोस्रोतर्फ इजरायलले पनि इरानलाई खतराको रुपमा लिन्छ । उसले सधैं इरानसँग परमाणु हतियार हुन नहुने बताउँछ । मध्यपूर्वमा इरानको बढ्दो प्रभावबाट इजरायलका नेताहरुको चिन्ता बढ्दै गएको छ ।

    सन् १९७९ मा इस्लामिक क्रान्तिपछि इरानले इजरायललाई मान्यता दिन अस्वीकार गरेको थियो र इजरायलले प्यालेस्टाइनी चरमपन्थीलाई समर्थन गर्छ । इजरायलले लामो समयदेखि भन्दै आएको छ कि– इरानले प्यालेस्टाइनी चरमपन्थीलाई नष्ट गर्न चाहान्छ किनभने उसलाई मध्यपूर्वको आफ्नो प्रमुख दुश्मन मान्दछ ।

    इरानका सर्वोच्च नेता खमेनीले अमेरिकासहित पश्चिमा राष्ट्रहरुले इजरायलको परमाणु कार्यक्रमलाई रोक्न खोजेको भन्दै आलोचना पनि गरे । उनले भने– असैन्य परमाणु ऊर्जा सबै देशलाई आवश्यक पर्छ तर, पश्चिमा देशहरुले यसमा एकाधिकार चाहन्छन् । पश्चिमी जनताहरुले आफूलाई परमाणु हतियार चाहँदैन भन्छन् किनभने हाम्रो धार्मिक सिद्धान्तले पनि यसलाई अनुमति दिँदैन ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार