२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

जेलर दम्पत्ति विरुद्ध अख्तियारमा मुद्धा, करोड गैह्र कानुनी ढंगबाट आर्जन


२३९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको भिमफेदी कारागारका जेलर चिरञ्जिवी थापा र उनकी श्रीमती गोमा कट्टेल थापाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

    जेलर थापाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ ९५ पैसा गैरकानूनी रुपमा आर्जन गरेको पाइएकोले उनी विरुद्ध भ्रष्टचारको मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुरमा कोइरालाले जानकारी दिए ।

    जेलर थापाले आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरु आफू लगायत श्रीमती गोमा कट्टेल थापासमेतका नाममा दर्ता कायम रहने गरी खरिद गरेको पाइएकोले उनकी श्रीमती गोमाविरुद्ध समेत मुद्धा दायर गरिएको उनले बताए ।

    अनुसन्धानको क्रममा जेलर थापा २०४५ साल जेष्ठ ४ गते सार्वजनिक सेवामा प्रवेश गरेको र आर्थिक वर्ष २०७५/०७६ सम्ममा आर्जन गरेको वैध आयको तुलनामा उनले एक करोड तेह्र लाख साठी हजार चार सय दस रुपैयाँ पन्चानब्बे पैसाको स्रोत खुल्न नसकेको कोइरालाले बताए ।

    स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ साविक भ्रष्टाचार निवारण ऐन अनुसार जेलर थापा र उनकी श्रीमती गोमा कट्टेल थापासमेतलाई प्रतिवादी बनाई मुद्धा दायर गरिएको कोइरालाले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार