दोलखा । लामोसाँगु जिरी सडकखण्ड अन्तर्गत भीमेश्वर नगरपालिका ८ चरङगेमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सडकमा रोकिराखिएको बा ३ ख २९९७ नम्बरको बस व्याक भएर एक्कासी पल्टिँदा वैतेश्वर गाउँपालिका ३ मिर्गेकी ७० वर्षिया कुमारी तामाङको मृत्यु भएको हो । बस मिर्गेबाट काठमाडौतर्फ गइरहेको बताइएको छ । राजधानीबाट आवतजावत गर्ने सो सडकखण्ड विस्तारको काम २ वर्षदेखि अलपत्र हुँदा दुर्घटना हुने क्रम बढ्दो छ ।
प्रतिक्रिया दिनुहोस