पाँचखा/लपाँचखाल नगरपालिका वडा नं ४ मा व्यवसाय संञ्चालन गर्दै आउनुभएका युवा व्यवसायी ऋषि दाहलको पसल चोरीको घटनालाई लिएर पाँचखाल उद्योग वाणिज्य संघको आयोजना तथा समाजकल्यांण युवा क्लवको व्यवस्थापनमा राहत संकलन गर्ने कार्य हुने भएको छ ।
भोली मंगलबार बिहान ७ बजेबाट पाँचखालको मुटु मानिने समाजकल्यांण चोकमा युवाहरु जम्मा भई राहत संकलन गर्ने भएका छन् । पाँचखालका युवाहरुले गर्न लागेको उक्त कार्य उदाहरणिय रहेको छ । यस्ता आले कार्यले सामाजिक हितको साथै समाजलाईनै सकारात्मक शंदेश दिदै अन्यत्रका युवाहरुले समेत सोही मार्ग पहिल्याउन जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस