काठमाडौं । चितवनको राप्ती नगरपालिका ४ मा शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते छन् ।
चेपाङमार्ग भएर चौकी डाँडातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ५ जनाको मृत्यु भएको ईलका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । घटनामा परी पर्बतको कुस्मा नगरपालिका पिपलटारी बस्ने श्यामप्रसाद तिवारीसहित ५ जनाको मृत्यु भएको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस