पाँचखाल/पाँचखाल नगरपालिकाले माघे संग्रन्तिको उपलक्षमा एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
पर्वलाई उल्लासमय ढंगले मनाउने कार्यमा सहज रहोस भनि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरका प्रमुख प्रसाशकिय अधिकृत लोक वहादुर भण्डारीले जानकारी गराउनु भयो ।
अधिकृत भण्डारीका अनुसार रिति रिवाज, धर्म संस्कृतिको संरक्षण गर्ने कार्यको दायित्व नगरपालिका समेत भएकोले सहज ढंगबाट पर्व मनाउने वातावरणको लागि विदा दिएका हौं । सार्वजनिक विदा नदिदा पर्व मनाउन केही समस्या हुने भएकोले नगरवासिको चाहना अनुसार विदा दिएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस