२ माघ, हेटाैंडा । मकवानपुरका सञ्चारकर्मी मनाेहर ढकालकाे हत्यामा संलग्न २ जनालाई अदालतले ३९ बर्ष कैदकाे सजाय सुनाएको छ । सञ्चारकर्मी ढकाललाई डकैतीसहित हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले २ युवकलाई ३९ वर्ष कैदको फैसला सुनाएको हो ।
हेटौंडा–११ नवलपुरका ३८ वर्षीय पत्रकार ढकालको पुडासैनी र वाइवाले २०७५ पुस २५ गते हेटौंडा–१ भैरवडाँडास्थित राप्ति जंगलमा हत्या गरेका थिए । हत्या गरेर ढकालसँग भएको सुनको औंठी, मोबाइललगायत सामान लुटेका थिए ।हत्या गरिएका रेडियोकर्मी ढकाल रेडियाे पालुङमा कार्यरत थिए । ढकालको लुटिएको सुनको औंठी खरिद गर्ने नारायणबहादुर सुनुवारलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । पुडासैनी र वाइवाले ढकाललाई मोटरसाइकलबाट लडाएर कन्चटमा ढुंगाले हिर्काएर हत्या गरेकाेे प्रहरीसँगकाे बयानमा बताएका थिए ।
प्रतिक्रिया दिनुहोस