२१ फागुन, काठमाडौं । काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका-५ स्थित ढाँटखर्कमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् ।
घाइते सबैको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले नवशंकेत अनलाईनलाई जानकारी दिए । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।रामेछापको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नम्बरको बस ब्याक गर्ने क्रममा सडकदेखि २० मिटर तल खसेर दुर्घटना भएको झाले बताए ।
प्रतिक्रिया दिनुहोस