काठमाडौँ — बाल यौन दुराचार अभियोगमा प्रहरीले बौद्ध कदम्बा गुम्बाका सञ्चालक अस्ट्रेलियन नागरिक ५८ वर्षीय गोन्दुक रिम्पोछेलाई पक्राउ गरेको छ ।
अस्ट्रेलिया मेलवर्न घर भई गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित कदम्बा बुद्धिष्ट प्रतिष्ठानका प्रमुखसमेत रहेका रिम्पोछेलाई महानगरीय प्रहरी वृत्त बौद्धले बिहीबार पक्राउ गरेको हो। बौद्ध वृत्तका डीएसपी रमेश सिंहका अनुसार रिम्पोछे स्वयंले पढाउन ल्याएका १५ वर्षीय किशोरमाथि यौन दुराचार गरेको आरोप छ।
प्रतिक्रिया दिनुहोस