काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस कोभिड–१९ को प्रकोप अहिले विश्वभर फैलिएको छ । यो भाइरस १०० भन्दाबढी मुलुकमा फैलिएको छ भने ३६०० बढीको ज्यान गएको छ ।
भाइरसबाट प्रभावित बनेको एक मुलुक अष्ट्रेलिया पनि हो । अष्ट्रेलियामा संक्रमितको संख्या ७७ पुगेको छ भने तीन जनाको मत्यु भएको छ । भाइरसको त्राससँगै बजारमा हुनसक्ने अभावलाई ध्यानमा राख्दै मानिसहरुले उपभोग्य सामग्रीको जोहो गर्न थालेका छन् । विशेषगरी ट्वाइलेट पेपरको जोहो गर्न थालेका हुन् ।
अष्ट्रेलियाको सरकारले भने मुलुकमा कुनै पनि किसिमको अभावको सम्भावना नरहेको बारम्बार बताउँदै आएको छ । तर पनि मानिसहरु ट्वाइलेट पेपरकै लागि लाइनमा बसेका छन् ।
प्रतिक्रिया दिनुहोस