२०८३ अषाढ ४, बिहिबार | Thu, 18, Jun, 2026

पलाञ्चोक भगवतीमा लगाउने सप्ताह स्थगित


७८१६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २, आईतबार मा प्रकाशित ६ साल अघि
  • पलाञ्चोक/नेपालकै ऐतिहासिक एवं पुरातात्विक हमत्व रहेको पलाञ्चोक भगवती मंदिरमा चैत्र १८ देखि चैत्र २६ सम्म लगाउने भनिएको सप्ताह हाललाई स्थगित हुने भएको छ ।

    भगवती मंन्दिरको उत्तरपुर्वमा रहेको (हाल पार्किङ्गको) जग्गा व्यक्तिको नाउमा रहेको र सो जग्गा मंन्दिरको लागि आवश्यक भएकोले खरिदको लागि आर्थिक संकलन गर्ने उद्देश्यले सप्ताहको आयोजना गरेको थियो । सप्ताहमा आर्जीत रकमबाट जग्गा खरिद साथै बिभिन्न पुरातात्विक तबरका संरचनाहरु निर्माण गर्ने लक्ष लिईएको थियो । यसै बिषयमा मन्दिर रहेको वडा पाँचखाल वडा नं ९ का वडा अध्यक्ष किरण श्रेष्ठले भन्नुभयो—ठुला खालका सभा सम्मेलन तथा महोत्सव जस्ता कार्यले रोग फैलने भएकोले गर्दा पुर्व निर्धारित सप्ताह उचित समएमा सम्पन्न गर्नेगरी हाललाई स्थगित गरेको हो ।

    हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको जोखिम नेपालमा पनि रहेकोले महामारिको रुपमा फैलिएको सो कोरोना भाईरसको उचित व्यवस्थापन नभए सम्मको लागि सप्ताह स्थगित गर्ने सप्ताह मुल आयोजक समितिको निर्णय अनुसार स्थगित गरिएको पे्रस विज्ञप्ति मार्फत जानकारी गराईएको छ । विज्ञप्तिमा उल्लेख भएको छ—कोरोना भाईरसको व्यवस्थापन पश्चात उचित समयमा पुर्व निर्धारित सप्ताहको कार्य गर्ने उल्लेख भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार