काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ तीनथाना स्थित पार्किङ गरेर राखिएको ट्रकभित्रै १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ।
महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सडक किनारमा पार्किङ गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्रलगेर ती किशोरीमाथि तीन जना युवाले सामूहिक बलात्कार गरेका हुन्।
गलबार बिहान २ बजे भएको उक्त घटनामा संलग्न ३ जनालाई नै प्रहरीले पक्राउ गरेको खबर कान्तिपुर दैनिकमा छ।
सामूहिक बलात्कार आरोपमा पक्राउ परेकाहरुमा राप्ती गाउँपालिका–१ दाङका २४ वर्षीय सञ्जय घर्ती मगर, सुनकोसी गाउँपालिका–९ सिन्धुलीका १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२ रामेछापका १९ वर्षीया कपिल खड्का छन्। उनीहरु विभिन्न ट्रकका सहचालक रहेको खुलेको छ।
प्रतिक्रिया दिनुहोस