२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

मृत अवस्थामा भेटीय प्रहरी हवल्दार


३०९४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • राजविराज: जिल्ला प्रहरी कार्यालय सप्तरीभित्र एक प्रहरी हवल्दार मृत फेला परेका छन् ।ईलाका प्रहरी कार्यालय हलेसी महादेवस्थान खोटाङ दरबन्दी भइ महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय रामबहादुर मगरको सुतेकै अवस्थामा मृत फेला परेका सप्तरी प्रहरीले जनाएको छ । बिहीबार बिहान अबेरसम्म न ब्युझिए पछि नजिकै सुत्ने साथीले उठाउन खोज्दा मृत अवस्थामा फेला परेको केन्द्रमा कार्यरत प्रहरी पार्वती श्रेष्ठले जानकारी दिइन् ।

    बुधबार साँझ ६ बजे ड्युटी सकेर आएका मगर राती खाना खाएर प्रहरी कार्यालय परिसरमा रहेको आवासमा सुतेका थिए । सुत्नुअघि फोन गरेर श्रीमतीलाई बिहीबार विदा लिइ घर आउन लागेको जानकारी दिएको उनका साथीहरुले बताए ।

    उदयपुरको त्रियुगा नगरपालिका-१३ बाट बसाइ सराइ गरी चार वर्षदेखि सप्तरीको सुरुङ्गा नगरपालिका १ मा घर बनाइ बसेका मगरको आमा, बुवा, भाइ, श्रीमती र एक छोरी छिन् ।उनकी श्रीमती ९ महिनाकी गर्भवती छिन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु