२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

कान्तिपुर पब्लिकेशन्सलाई पत्रकारहरुको ‘दुई रुपैयाँ’सहयोग


५४९९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक २१, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं, ४ साउन । कोरोनाको बहाना बनाई पत्रकारहरुलाई बिना पारिश्रमिक सेवाबाट निकालेको, बेतलवी बिदा बस्न बाध्य पारेको र श्रमजीवी पत्रकार ऐन कार्यान्ययन नगरेको भन्दै पत्रकारहरुले कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियालाई रु दुई प्रदान गर्ने अभियान थालेका छन् ।

    आज १० : ३० बजे श्रमजीवी पत्रकारको पक्षमा प्रदर्शन गर्ने कार्यक्रम रहेको र नयाँ बानेश्वरमा भेला भई कान्तिपुरको थापाथलीस्थित कार्यालयमा पुगेर धर्ना दिई उक्त रकम कान्तिपुर ब्यवस्थापनलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले बताए ।

    प्रेस संगठन नेपाल, काठमाडौंका संयोजक सागर पन्तले पत्रकारहरुलाई कान्तिपुर जस्तो बिग हाउसले पारिश्रमीक नदिएको र बेतलवी बिदा बस्न बाध्य पारेको भन्दै साङ्केतिक रुपमा बिरोध गरिएको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार