२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

५१३ जना अधिकृतको लागि विज्ञापन खुल्यो


२९९१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर २४, बुधबार मा प्रकाशित ३ साल अघि
  • २४ मंसिर, काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको छ । यसमध्ये १५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गरिने छ । बाँकी पदहरुमा भने खुला तथा सामावेशीको आधारमा पदपूर्ति हुने लोक सेवा आयोगले जनाएको छ ।

    सामान्य प्रशासन मन्त्रालयले रिक्त पदको विवरण संकलन गरी पदपूर्तिका लागि लोक सेवा आयोगलाई आग्रह गर्दछ । मन्त्रालयको विवरणअनुसार लोक सेवा आयोगले परीक्षा सन्चालन गरी पदपूर्तिका लागि सिफारिस गर्दछ ।

    लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार सामान्य प्रशासन समूहमा खुलातर्फ ४४ अधिकृत पदमा विज्ञापन खुला भएको छ । यसैगरी राजश्वमा ४१, लेखामा ३४, लेखा परीक्षणमा १२ र परराष्ट्र सेवामा १ पदमा खुलातर्फ विज्ञापन खुलेको छ ।

    लोक सेवा आयोगले खुलाएको विज्ञापनको विवरण यसप्रकार छ–

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार