२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

मण्डनदेउपुरले खानेपानीको लागि ५१ लाख उपलब्ध,प्रतिघर एक हजारमा स्वच्छ पानी पिउन पाउने


५७९६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ फागुन ८, शनिबार मा प्रकाशित ३ साल अघि
  • आइ.आर.के.मैनाली
    मण्डनदेउपुर । मण्डनदेउपुर नगरपालीकाले बृहत मण्डनदेउपुर खानेपानी आयोजनाको लागि ५१ लाख ६६ हजार उपलब्ध गराएको छ ।
    नगरपालिकाका प्रमुख (मेयर) टोकबहादुर वाईवाले नगरवासीहरुले स्वच्छ खानेपानी खानपाउनु पर्ने भन्दै नगरको तर्फबाट सो रकम हस्तान्तरन गरेको बताउनु भयो । उहाँले भन्नुभयो सुख्खाक्षेत्र खानेपानी आयोजनाको कुल लागत १ अर्व १ करोड ६६ लाख मध्य उपभोक्ताको तर्फबाट जम्मा गर्नुपर्ने रकमको लागि केही सहजताको लागि नगरको तर्फबाट रकम सहयोग गरेको बताउनु भयो ।


    बृहत मण्डनदेउपुर खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष रामवहादुर तमाङका अनुसार मण्डन देउपुर नगरपालिकाका ५५०५ घरधुरीका उपभोक्ताहरुका लागि स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देस्यले आयोजना अगाडी बढेको बताउनु भयो । अध्यक्ष तामाङले भन्नुभयो उपभोक्ताहरुको तर्फबाट जम्मा गर्नुपर्ने रकमको लागि सहज रहोस भनि नगरले उपलब्ध गराएको रकमले गर्दा आयोजना छिटै सुरुहुन सहज हुनेभएको छ ।
    खानेपानीको अभाव झेल्दै गरेका नगरवासिहरुले प्रतिउपभोक्ता (प्रतिघरधुरी) एक हजारका दरले रकम उपलब्ध गराएर इन्द्रावती नदिबाट लिफ्ट गरी ल्याएको सफा स्वच्छ पानी पिउन पाउने भएका छन् मण्डनदेउपुरका वासिन्दाले ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार