२०८१ कार्तिक १६, शुक्रबार | Fri, 01, Nov, 2024

ओलीसँग एकता असम्भव-प्रचण्ड-माधब


२१२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ फागुन १६, आईतबार मा प्रकाशित ३ साल अघि
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन् । दुवै अध्यक्षले केपी ओलीमा वैचारिक स्खलन भइसकेकाले तत्काल एकता असम्भव रहेको बताएका हुन् । उनीहरूले विचारमा एकता भएपछि मात्र पार्टी एकता सम्भव हुने बताएका छन् ।

    ललितपुरको जावलाखेलमा शनिबार आयोजित दाहाल–नेपाल समूहनिकट शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहाल र नेपालले पार्टी एकता विचार, विधि र पद्धतिको विषय भएको बताएका हुन् । ‘फेरि केपी ओलीसँग सहमति हुन सक्छ सक्दैन भन्ने सन्दर्भमा सहमति कोसँग हुन्छ कोसँग हुँदैन, व्यक्तिगत रूपले को कसलाई मन पर्छ वा मन पर्दैन भन्ने विषय यो होइन, यो विचारको विषय हो र यो विधि, पद्धतिको विषय हो, विचारमा एकता भयो भने एकता हुन्छ, नभए हुँदैन,’ अध्यक्ष दाहालले भने ।

    त्यस्तै सोही कार्यक्रममा दाहाल–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले पनि केपी शर्मा ओलीसँग एकताको सम्भावना नरहेको बताए । ओलीसँगको सहकार्यको सम्भावना नरहेको बरु संसद् विघटनविरुद्ध आन्दोलनमा सहभागी भएकाहरूलाई साथमा लिएर संयुक्त सरकार बनाउने उनले बताए । ‘केपी ओलीसँग एकताको कुनै सम्भावना छैन, भ्रममा नपर्नुहोला केपी ओलीका मानिसहरूका आँखामा बाम लगाएर निकालेको आँसुको कुनै अर्थ छैन, बाम लगाएर आँसु निकाल्छन् र भित्र कोठामा गएर मुसुमुसु हाँस्छन्, यिनलाई मूर्ख बनाएर पठाइयो भन्छन्, त्यसकारण तपाईंहरू यस्ता कुराको भ्रममा नपर्नुहोला,’ अध्यक्ष नेपालले भने । आजकोनागरिक दैनिकमा समाचार छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार