२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

सुत्केरी सेक्दा निस्सासिएर काभ्रेलीको मृत्यु


२८३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २१, मंगलबार मा प्रकाशित ३ साल अघि
  • भक्तपुर– भक्तपुरको सुर्यविनायक नगरपालिकामा सुत्केरी सेक्ने क्रममा निसास्सिएर एकजनाको मृत्यु भएको छ । दुईजना बिरामी भएका छन् ।

    प्रहरीका अनुसार सुर्यविनायक नागरपालिकास्थित आफ्नै डेरामा तीन जना अचेत अवस्थामा फेला परेका थिए तीनमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

    मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको तिमाल घर भएका २२ वर्षीया सुनिता तामाङ छिन् भने १८ वर्षीया अनिता तामाङ र ४० वर्षीया आमा शान्तिमाया तामाङ गम्भीर बिरामी छन् । उनीहरुको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार कोठाको सम्पूर्ण झ्याल, ढोका भित्रबाट बन्द गरिएको थियो । झ्याल ढोका फोडेर हेर्दा तीन जना अचेत अवस्थामा भेटिएपछि उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो । कोठामा सुत्केरी सेक्नका लागि कोइला बालेकाले उनीहरूको निसासिएर घटना भएको हुन सक्ने बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार