२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

आज काभ्रेमा ८२ लाई कोरोना पुष्टि, ३ को मृत्यु


२१८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २१, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे। आज बैशाख २१ गते (मंगलबार) काभ्रेमा ८२ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार बनेपा नगरपालिकामा २० महिला २३ पुरुष, धुलिखेल नगरपालिकामा १० महिला १० पुरुष, पनौती नगरमा ३ महिला ६ पुरुष, पाँचखाल नगरमा १ महिला, मण्डनदेउपुर नगरपालिकामा १ महिला, नमोबुद्ध नगरपालिकामा २ महिला २ पुरुष, रोशी गाउंपालिका १ महिला र चौरी देउराली गाउंपालिकामा १ महिला १ पुरुष गरी ८२ जनालाई कोरोना पुष्टि भएको छ ।

    आज शिर मेमोरियल अस्पताल बनेपामा १ र धुलिखेल अस्पतालमा २ गरी तीनको कोरोनाको कारण मृत्यु भएको छ भने हिजो शिरमेमोरियल अस्पताल बनेपामा २ र धुलिखेल अस्पताल बनेपामा १ गरी तीनको मृत्यु भएको थियो । हिजो र आज गरी काभ्रेमा ६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार